झापा, मंसिर ४ । हिजो साँझ मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिका –३ कोल्बुङमा दुर्घटना भएको बसका चालक प्रहरीको सम्पर्कका आएका छन् ।

दुर्घटनाको समयमा सम्पर्कविहीन बनेका धनुषा जनकपुर उपमहानगरपालिका वडा नं २३ का ४५ वर्षीय हरिकिन राउत मध्यरातमा प्रहरीको सम्पर्कमा आएका हुन् ।

रातको ११ बजेतिर प्रहरी चौकी जोरकलशको सम्पर्कमा आएका चालक राउतको अवस्था सामान्य रहेको र इलाका प्रहरी चौकी पशुपतिनगरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । बसमा चालकसहित ३७ जना रहेकोमा दुई जनाको मृत्यु भएको छ भने ३४ जनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । धनुषाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट अन्दाजी ३०० मिटर तल खस्दा धनुषाधाम नगरपालिका–९ धारापानी बस्ने १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो । ती बालक रुखमा अड्किएका थिए ।

दुर्घटनामा घाइते भएकी धनुषाधाम नगरपालिका–९ धारापानी बस्ने ३५ बर्षीया मनवती लामाको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्