झापा, मंसिर ४ । नेपाली कांग्रेसले भूकम्पपीडितका लागि टहरा बनाउन श्रमदान गर्ने भएको छ । टहरा बनाउन इन्जिनियर र डकर्मीसहित स्वयमसेवक टोली जाजरकोट र रूकुम पश्चिम पठाउने धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले निणर्य गरेको हो । ‘जाजरकोट र रूकुम पश्चिममा भूकम्पपीडितलाई टहरा बनाउन २५ वटा स्वयमसेवक टोली पठाउने निणर्य भएको छ,’। ‘प्रत्येक टोलीमा एक जना इन्जिनियर, एक जना डकर्मी र एक जना व्यवस्थापक पनि रहनेछन् । एउटा टोलीमा १० जनाका दरले स्वयमसेवक पठाउने निणर्य भएको छ ।’ चिसोले गर्दा भूकम्पपीडित समस्यामा परेको भन्दै कांग्रेसले टहरा निर्माणमा श्रमदान गर्ने निणर्य गरेको हो । साथै टहरा निर्माणका लागि दिने भनिएको राहत रकम छिटो उपलब्ध गराउन पनि सरकारलाई कांग्रेसले आग्रह गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्