झापा , मंसिर ४ । बाह्रदशी गाउँपालिका  ६ बिहीबारे बस्ने कैलाश तामाङको १४ कठ्ठा खेतको धानको कुन्यु आगलागीले जलेर नष्ट भएको छ ।  

आज दिउँसो १.३० बजे अचानक भएको आगलागीबाट तामाङको धानको कुन्यु पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी ५० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी टोली खटिगई स्थानीयबासीको सहयोगमा दिउँसो २.४० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही दिनयता झापामा दिनहुँ आगलागीका घटना हुन थालेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्