झापा, मंसिर ५ । झापाको मेचीनगरमा जंगली हात्तीले घर भत्काएर क्षति गरेको छ ।

गएराति ११ः४५ बजेको समयमा मेचीनगर नगरपालिका– ११ बाँसबारीमा जंगलबाट आएको एकल हात्तीले सोही ठाउँका विशाल दाहालको टिनको छानो भएको एकतले अर्ध पक्की घरको पूर्वपट्टीको वाल भत्काई घरभित्र राखेको धान अन्दाजी ४०० के.जी., चामल अन्दाजी २०० के.जी खाई घरमा समेत क्षति पुर्याएको हो । जसबाट अन्दाजी मूल्य ९०े हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्