दमक, मंसिर ५ । दमक ६ मा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गरी आफ्नो १२ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

स्थानीय पशुपति मन्दिरमा मंगलवार आयोजित माइन्यूट प्रमाणिकरणसहितको बार्षिक साधारणसभाले सञ्चालक समितिको तर्फबाट बार्षिक प्रतिवेदन तथा लेखा समितिबाट प्रस्तुत लेखा प्रतिवेदन सुझावसहित पारित गरेको व्यवस्थापक कुवेर तुम्बापोले बताए ।

जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेमप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा भएको सो सभामा शेयर सदस्यहरु मध्येका ज्येष्ठ सदस्यहरु,असल ऋणी, उत्कृष्ट बचतकर्ताहरु ,फाल्गुनन्द पत्रकारिता पुरस्कार वितरणलगायतका कार्यक्रम गरी साधारणसभा सम्पन्न गरेको हो ।

सम्मानित ज्येष्ठहरुमा शिवसताक्षी १ का आनबहादुर लिम्बू,दमक १ का हस्तबहादुर बेघा ,दमक ८की सरोपती विश्वकर्मा,हल्दीवारी १ का शान्ताकुमारी काम्वाङ,शिवसताक्षी ८की लोकमाया लावती , रामप्रसाद लिम्बू , मोरङ उर्लावारी ६ की गजमति लिम्बू र तिलबहादुर लिम्बू रहेका छन् ।
यसैगरी, असल ऋणीबाट दमककी भीमकुमारी नुगो,कमलकी रेनुका राई ,दमककी मिनाकुमारी लिम्बूलगायतलाई पुरस्कृत गरेको संस्थाकी कोषाध्यक्ष इक्सा लिम्बूले बताईन् ।

कार्यक्रममा दमक १ की राममाया बस्नेत ,अंकित बडुवाल र जनकसिंह जवेगु ,इलाम चुलाचुलीका थेवा फुरुम्वो तथा उर्लावारीकी निता लावती र धनसिंह तुम्वाहाम्फेलगायतका एक दर्जन उत्कृष्ट बचतकर्तालाई समेत पुरस्कृत गरिएको छ ।
त्यस्तै, सहकारीका परिवार सदस्यबाट मानविकी र सामाजिक विज्ञानमा स्नातकोत्तर गरेका झापा हल्दिवारी २ की तिरुपा कन्दङ्वा, शिक्षा संकायमा स्नातकोत्तर गरेका शिवसताक्षी १ की बिष्णुदेवी चेम्जोङलाई फाल्गुनन्द शैक्षिक सम्मान गरिएको थियो ।

संस्थाले दमकसहित इलामको चुलाचुली, झापाको बिर्तामोड र झिलझिले तथा मोरङको उर्लाबारीमा सेवाकेन्द्र स्थापना गरी सदस्यहरुमाझ कारोबार गर्दैै आएको छ । सो संस्थामा हाल शेयर सदस्य संख्या २ हजार २ सय ४५ रहेको छ । संस्थाका अध्यक्ष संकल्प लिङ्देनका अनुसार कात्तिक २२ गते बिर्तामोड,२३ गते झिलझिले, २४ गते उर्लावारीमा इकाइगत साधारणसभा सम्पन्न गरी मंगलवार माइन्यूट प्रमाणिकरण तथा निर्णय एकीकृतसहित साधारणसभा सम्पन्न गरेको छ ।
साधारणसभामा प्रमुख अतिथि कोइराला, संविधानसभा सदस्य विश्वदीप लिङ्देन, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम,जिल्ला सहकारी संघका लेखा संयोजक चुडामणी ओझा, पुरस्कृत पत्रकार लामालगायतले बोलेका थिए ।

पत्रकार लामा पुरस्कृत
नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामा पुरस्कृत भएका छन् । फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको फाल्गुनन्द सहकारी पत्रकारिता पुरस्कार २०८० बाट उनी पुरस्कृत भएका हुन् ।
संस्थाको मंगलवार सम्पन्न १२ औ बार्षिक साधारणसभामा पत्रकार लामालाई नगद रु १० हजार तथा ताम्रपत्रसहित पुरस्कृत गरिएको हो । सहकारीका क्षेत्रमा कलम चलाएवापत सहकारीले हरेक बर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।
दमकमा रहेर दुई दशकदेखि क्रियाशील उनी नेपाल टेलिभिजन झापा संवाददाता हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्