दमक,मंसिर ५ । दमकमा मंगलवार आयोजना गरिएको रक्तदानमा ४६ पिन्ट रगत संकलन भएको छ ।

पतञ्जली योग समितिले मंगलवार बिहान स्थानीय गणतन्त्र चौंकमा आयोजना गरेको रक्तदानमा १४ महिलासहित ४६ जनाले रगतदान गरेका हुन् ।

पतञ्जलीका केन्द्रीय युवा संयोजक योगनाथको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा दमक उद्योग वाणिज्य संघ लेखा समितिका सदस्य पदम राउत, दमक बहुमुखी क्याम्पसका सदस्य देउकुमार नेम्बाङ,दमक ९ का पूर्व वडा सदस्य सविन रिजालसहित आयोग योग समितिका पदाधिकारी, सदस्यहरु, सर्वसाधारणहरुले रगतदान गरेको योग समिति दमककी सचिवसमेत रहेकी कार्यक्रम संयोजक रक्षा सुवेदीले बताईन् । रक्तदाता रिजालको यो ८३ औं पटकको रगतदान हो । चाडपर्वका समयमा रगतको अभाव हुन नदिन योग समितिले खुल्ला रक्तदान कार्यक्रम गरेको उनले बताईन् ।

नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवाकेन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो भने योग समितिले आउने दिनमा समेत यस किसिमको सामाजिक कार्यलाई निरन्तरता दिईने पतञ्जली योग समितिका अध्यक्ष दुर्गा भण्डारीले बताईन् ।

कार्यक्रममा सामाजिक ब्यक्तित्व गणेश गौतम , दमक जेसीजका पूर्व अध्यक्ष सञ्जिब बराल ,रक्तसञ्चार सेवाकेन्द्र दमकका प्रमुख सिद्धार्थ दाहाल ,भरत खाती ,देउकुमार लिम्बूलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्