झापा, मंसिर ६ । जंगली हात्तीको आक्रमणमा परी एक भुटानी शरणार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक ३ स्थित बेलडाँगी शरणार्थी शिविर सेक्टर नं. बी टु ,हट नं.२५२ बस्ने बर्ष अन्दाजी ७२ का पदमलाल तामाङ रहेका छन् ।

तामाङ वडा नं ३ स्थित हम्सेदुम्से सामुदायिक बनभित्र साईकल लिई दाउरा काट्न गएकोमा हिजो बेलुकासम्म घर फर्की नआएकोले आफन्तले खोजी गर्दै जाँदा उक्त बनभित्र जंगली हातीले किचेर मारेको मृत अवस्थामा गएराति ९ बजे फेला परेका थिए ।

प्रहरी चौकी बाघखोरमा प्राप्त हुनासाथ प्रहरी टोली खटिगई राति १०.५५ बजे कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि तामाङको शव दमक अस्पतालतर्फ पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्