झापा, मंसिर ६ । मेचीनगर नगरपालिकाको मेची पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् ।

बुधवार दिउँसो २.३० बजेको समयमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको साईकललाई शंका लागेर चेकजाँच गर्दा साईकलको बायाँतर्फको हेण्डलको प्वालमा सेतो रंगको प्लाष्टिकमा पोका पारी लुकाईछिपाई ल्याउँदै गरेको १ ग्राम ब्राउनसुगर फेला परेपछि साईकल चालक मेचीनगर नगरपालिका वडा नं.९ बस्ने २८ वर्षीय अरुण दर्जी र सोही साईकलको पछाडी सवार वडा नं.१० बस्ने ४६ वर्षीय भोजबहादुर सार्की पक्राउ परेका छन् ।

त्यस्तै बुधवार दिउँसो २.४५ बजेको समयमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०१–०१५ प.७३३४ नं.को स्कुटीलाई शंका लागेर चेकजाँच गर्दा स्कुटी चालक मेचीनगर नगरपालिका वडा नं.३ बस्ने २२ वर्षीय युवराज गिरीको साथबाट ५ ग्राम १०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । तीनै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्