झापा,मंसिर ७ । यस वर्षको छठ पूजाबाट उत्साहित नेपाल मधेसी समाज सेवा समितिले बिर्ताबजारको अधुवा खोलामा छठ पूजालाई निरन्तरता दिने भएको छ ।

फोहोरका कारण बिस्थापित भएर भक्तालुहरु कन्काईको बिरिङ खोला गइरहेका बेला मधेसी समाज सेवा समितिले सरसफाई गरी यस वर्ष अधुवा खोलामै सामूहिक र व्यवस्थित छठ पूजा आयोजना गरेको थियो । भव्य छठ पूजामा भक्तालु र दर्शकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । अधुवा खोलाको सरसफाई गर्नेतर्फ सबैको ध्यानाकर्षण गराउनका लागि पनि त्यही ठाउँमा छठ पूजालाई निरन्तरता दिनुपर्ने जरुरी देखिएको मधेसी समाज सेवा समितिका अध्यक्ष रामेश्वर मण्डलले बताए ।

मधेसी समाज सेवा समितिले यस वर्ष सरसफाई गरी अधुवा खोलाको दुवैपट्टी १०१ वटाका दरले २०२ वटा स्टल (पण्डाल) निर्माण गरेकोमा १४० वटा घाटमा छठ पूजा भएको अध्यक्ष मण्डलले बताए । एउटा स्टलमा दुईवटा डाला राखिएको थियो । मधेसी समाज सेवा समितिका अध्यक्ष रामेश्वर मण्डलको अध्यक्षता तथा कोशी प्रदेशका सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा छठ पूजा कार्यक्रम संयोजक संजयकुमार शर्माले स्वागत गरेका थिए । कार्यक्रममा बिर्तामोड –३ का वडाध्यक्ष मदन बुढाथोकी, नेपाली काँग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलालगायतले शुभकामना मन्तव्य राख्दै बिर्ताबजारस्थित अन्धुवा खोलालाई सरसफाई गरी छठ पूजा गराउने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिकहरु शान्तीदेवी शाह, गंगाप्रसाद शाह, राजकुमारी शाह, रामदेव सहनीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । छठ पूजामा सहभागी श्रद्धालु भक्तजनहरुलाई मधेसी समाज सेवा समितिले निःशुल्क चिया, दुध बितरण गरेको थियो भने रोट्रयाक्ट क्लव अफ बिर्तामोड, अनारमनी सोसियल युथ क्लब, युनाइटेड युथ क्लब, काजी व्याङ्क्वेट, धौला इञ्जिनियरिङलगायतले निःशुल्क पानी बितरण गरेको रोट्रयाक्ट क्लव अफ बिर्तामोडका प्रेसिडेन्ट बाप्पा शाहले बताए । पानीको सौजन्य लाइफ केयर वाटरले गरेको संचालक प्रकाश महत्तोले बताए । विविध साँस्कृतिक प्रस्तुति भएको कार्यक्रमको सञ्चालन सन्तोष दासले गरेका थिए ।

छठ पूजाका लागि संजयकुमार शर्माको संयोजकत्वमा समिति निर्माण गरिएको थियो । जसको सदस्यहरुमा मोहन झा , गनु सहनी , उमेश चौधरी , उदय शाह , दिलिप सिंह , ललित शाह, सुदर्शन देव , नरेश शाह, कला राउत, किशुकुमारी शाह रहेका थिए ।त्यस्तै प्रकाश महत्तोको संयोजकत्वमा विवेक शाह, मोहन झा , मनोज शाह(कालु), रोहन शाह ,सोनु शाह, निरंजन शाह र रवि शाह रहेको अर्थ संकलन उपसमिति गठन गरिएको थियो भने गनु सहनीको संयोजकत्वमा उमेश चौधरी र विवेक शाह सदस्य रहेको घाट व्यवस्थापन उपसमिति बनाइएको थियो । त्यस्तै मोहन महत्तो र अमर पटेल रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको थियो । भव्य रुपमा छठ पूजा सम्पन्न गर्न सबैलाई अध्यक्ष मण्डलले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्