झापा, मंसिर ७ । धनकुटा नगरपालिका–१ निगालेमा गएराति एकै घरका तीन जना मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा ३७ का टीका गुरुङ, उनकी ३८ वर्षीया पत्नी झुमा र ११ वर्षका छोरा आयुष रहेको प्रहरीले जनाएको छ।
टीकाले मादक पदार्थ सेवन गरी पत्नी र छोराको हत्या गरी आफूले झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।
६ वर्षकी छोरी आशिका भने सकुशल छिन् । उनलाई बाबु टीकाले राति नै छिमेकीको घरमा पुर्याएपछि घटना गराएको देखिएको प्रहरीको भनाइ छ। घटनास्थलमा अहिले प्रहरीले घटनाको मुचुल्का बनाइरहेको छ ।