झापा, मंसिर ७ । दुर्गा प्रसाईंका कार्यकर्ताले काठमाडौंको बल्खुमा प्रदर्शनका क्रममा घेरा तोड्न खोजेपछि रोक्नका लागि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको छ ।

प्रहरीले प्रदर्शनकारीलाई रोक्न पानीको फोहोरा प्रहार गरेको हो । विवादित मेडिकल व्यवसायी प्रसाईंका समर्थकले प्रहरीको घेरा तोड्ने र ढुंगा प्रहार गर्न थालेपछि प्रहारीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो । प्रसाईंका समर्थकले प्रहरीलाई ढुंगा प्रहार गरिरहेका छन् । प्रहरीले आफूमाथि ढुंगा प्रहार भएपछि र भीड निर्धारित क्षेत्र तोडेर सहर प्रवेश गर्न खोजेपछि मूल भीडलाई तितरवितर पारिरहेको छ । भीडको नेतृत्व गरिरहेका दुर्गा प्रसाईंले नै भीडलाई उत्तेजित पारेको प्रहरीको भनाइ रहेको छ । त्यसपछि भीडमा सहभागीले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेको थियो । प्रसाईं भने भीडलाई सम्बोधन गरेर निस्किएपछि प्रहरीमाथि ढुंगा प्रहार भएको हो । उक्त प्रदर्शनलाई सम्बोधन गर्नका लागि राप्रपाका मुख्य सचेतक ज्ञानेन्द्र शाहीको पनि उपस्थिति थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्