झापा, मंसिर ७ । अर्जुनधारा ८ बिजुली अफिस पूर्व टोलमा अवस्थित जलेश्वर कीर्तन मण्डलीले टोलमै सामूहिक भजन कीर्तन गरेर हरिबोधनी एकादशी मनाएको छ ।

हिन्दु धर्मको रक्षार्थ टोलमै सामूहिक भजन कीर्तन गरेर हरिबोधनी मनाउँदै आगामी पुस्ताले पनि यस्तै सिको गर्दै लैजानु पर्ने टोलका अग्रज रामप्रसाद ढकालले बताए । यो हरिबोधनी एकादशीमा भगवान बिष्णुलाई सम्झदै मात्र पनि पुण्य प्राप्त हुने भन्दै यस्ता कार्यहरुलाई निरन्तरता दिने टोलका कोषाध्यक्ष बिनोद चौहानले बताए । हरिबोधनी एकादशीमा तुलसीको विवाह गर्ने चलन कसरी चल्यो भन्ने बारेमा टोलका सचिब रमेश नेपालले एकादशी महातम्य सुनाएका थिए ।
कार्यक्रममा टोल अध्यक्ष पुनम चौहान,कीर्तन मण्डलीकी अध्यक्ष तारा प्याकुरेल,टोल सदस्य तथा स्थानीय जनप्रतिनिधि सरु बुढाथोकी,जानुका रसाईलीलगायतको उपस्थिति रहेको थियो भने मिरा पोख्रेल,गोमा दाहाल,कल्पना चौहान,सरिता ढुंगेल,सरु बुढाथोकी,रामप्रसाद ढकाल र हेम दाहालले सुमधुर स्वरमा भजन प्रस्तुत गरेका थिए । हरिनाम संकीर्तन बिजुली अफिस पूर्व टोल रोड नम्बर ७ शिला श्रीकारको निवासमा भएको थियो ।