एजेन्सी । इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुने भएको छ ।

इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले आजदेखि युद्धविराम हुने जनाएको हो ।
चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको छ । त्यसपछि इजरायलले आफ्नो जेलमा रहेका १ सय ५० जना प्यालेस्टाइनीलाई रिहाइ गर्नेछ । कतारका अनुसार हमासले बन्धक बनाएकामध्ये १३ जना आजै रिहाइ हुनेछन् । रिहाइ हुनेको नाम भने सार्वजनिक गरिएको छैन ।

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले रिहाइ हुनेमा महिला र बालबालिकालाई पहिलो प्राथमिकता दिइएको बताएको बीबीसीले जनाएको छ । यसअघि बिहीवारदेखि संघर्षविराम हुने र केही बन्धकहरूको अनि केही प्यालेस्टाइनी बन्दीहरूको रिहाइ हुने भनिए पनि त्यसमा ढिलाइ भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्