झापा, मंसिर ८ । तास खेलिरहेको अबस्थामा ११ जनालाई दमक प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझ ६.३० बजेको दमक ७ हाटखोलास्थित कर्णबहादुर राईको घरमा पैसाको बाजी थापेर जुवाजन्य खेल तास खेलिरहेको अबस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा घरधनी दमक नगरपालिका वडा नं. ७ बस्ने वर्ष ४१ का कर्णबहादुर राई , दमक नगरपालिका वडा नं.७ बस्ने वर्ष ४८ का रत्नबहादुर विश्वकर्मा, सुनसरी वराहक्षेत्र ५ बस्ने वर्ष ४५ का सुरेशकुमार बिष्ट ,धरान १३ बस्ने वर्ष ४१ का रबिकुमार राई ,सोही उपमहानगरपालिका १४ बस्ने वर्ष ४७ का कृष्णप्रसाद पाठक, मोरङ बिराटनगर १ बस्ने वर्ष ५५ का हरि पाण्डे ,बराहक्षेत्र नगरपालिका ५ बस्ने वर्ष ४० का उत्तम मगर ,धरान १६ बस्ने वर्ष ४० का प्रदिप गिरी ,धरान १८ बस्ने वर्ष ३४ का किशन घिमिरे , ईटहरी १८ बस्ने वर्ष २९ का नरेश चौधरी र धरान बस्ने वर्ष ३० का करणबहादुर मगर रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली उक्त स्थानमा पुग्दा खालमा पैसाको बाजी थापी तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनीहरुको साथबाट ३ लाख ५३ हजार ६०० नगद , तीन बुङको १६५ पत्ता तास बरामद भएको छ । उनीहरुलाई कानूनी कार्वाहीका लागि आज अदालतबाट म्याद थप गरिने डीएसपी रिजालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्