झापा,मंसिर ९ । बिर्तामोडस्थित इकोम कलेजको आयोजनामा राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न झापा आइपुगेका पूर्व राजा ज्ञानेन्द्र शाहको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। शुक्रबार अपराह्न झापा आइपुगेका पूर्व राजा शाह धुलाबारीस्थित मेची रिसोर्टमा बसेका छन्। दिउँसो १ बजे पूर्व राजा शाह इकोम कलेजको आयोजनामा हुने सालिक अनावरण कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। कलेजकै कार्यक्रममा सहभागी हुन आएका पूर्व राजा शाहलाई मौका छोपी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राजवादी पक्षधरहरूले उनको पक्षमा बृहत् स्वागत र्‍याली निकाल्ने भएका छन्। मेची रिसोर्टबाट निस्कन साथ पूर्व राजा शाहलाई राप्रपा कार्यकर्ता र राजवादी पक्षधरहरूले मोटरसाइकल स्कर्टिङ गरी बिर्तामोडसम्म लैजाने कार्यक्रम रहेको जनाइएको छ। अहिले राप्रपा कार्यकर्ता र राजवादी पक्षधरको धुलाबारीमा जमघट भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्