झापा, मंसिर १० । अरिङ्गालको टोकाईबाट इलाममा एक जनाको मृत्यु भएको छ ।

अरिङ्गालको टोकाईबाट देउमाई नगरपालिका–९ मादेबुङका ४५ वर्षीय खम्बसिंह पिठाकोटे मगरको मृत्यु भएको हो ।
मगरलाई घरनजिकै चिलाउनेको रूखमा रहेको अरिङ्गालले बिहीबार शरीरभरि टोकेर घाईते बनाएको थियो । घाइते मगरलाई उपचारको लागि राति नै बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्