झापा, मंसिर १० । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलको सरुवा भएको छ ।

उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिममा प्रदेश सचिवका रुपमा सरुवा भएका हुन् । उनी २०७९ माघ १२ देखि झापामा कार्यरत रहेका थिए ।

यस्तै सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको पनि सरुवा भएको छ । उनी बागमती प्रदेश मुख्यमन्त्री कार्यालयमा प्रदेश सचिवका रुपमा सरुवा भएकी छिन् ।

झापाका पूर्व जिल्ला शिक्षा अधिकारी रहेका लक्ष्मीप्रसाद भट्टराई कोशी प्रदेश, प्रदेश प्रमुखको कार्यालयमा प्रदेश सचिवका रुपमा आउने भएका छन् । उनी मधेश प्रदेशको शिक्षा मन्त्रालयमा कार्यरत थिए । उनीहरुसँगै ७१ जना सहसचिवको एकैपटक सरुवा भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्