झापा, मंसिर ११ । मोरङको पथरीशनिश्चरे नगरपालिका– १० मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


हिजो बेलुका ६.३० बजेको समयमा दमक नगरपालिका ५ बस्ने ३५ वर्षीय सानेकुमार राईको दुर्घटनामा परी मृत्युु भएको हो ।
पश्चिमबाट पूर्व आउँदै गरेको मे ९ प ७१८० नम्बरको स्कुटरले सडक किनारामा रोकेर राखेको प्र १–०४–००१ त ०३३९ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिँदा स्कुटर चालक राई घाइते भएका थिए ।

स्थानीय र प्रहरीले घाइते राईलाई उपचारको लागि मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारी पठाएकोमा उपचारको क्रममा बेलुका ७.१० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्