झापा , मंसिर ११ । एकाबिहानै झापाको कमल गाउँपालिकामा धारिलो हतियार प्रहार गरी छोराले बाबुको हत्या गरेका छन् ।

आज बिहान ६ः३० बजेको समयमा कमल ४ बस्ने अन्दाजी ४५–५० वर्षका भोलाकुमार तामाङलाई उनकै छोरा अन्दाजी वर्ष २३ का आशिष तामाङले कराई र दाउले टाउको र दाहिने खुट्टामा प्रहार गरी हत्या गरेका हुन् । हत्या गरी फरार रहेका आशिषलाई प्रहरी चौकी केर्खा र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले कमल वडा नं ४ दुध डेरी भन्ने स्थानबाट नियन्त्रणमा लिएको छ । उनलाई ईलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । प्रारम्भिक अनुसन्धानमा अन्य ठूलो कारण नभई मादक पदार्थ सेवन गरी आशिषले बाबुको हत्या गरेको कुरा खुलेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्