झापा, मंसिर ११ । भारतीय सुरक्षाकर्मीहरुले लागूऔषधसहित झापा भद्रपुरका एक युवकलाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर भानु चौकका २५ वर्षीय अभिषेक भुजेल रहेका छन् । भारतीय सीमा सुरक्षा बल एसएसबी भातगाउँ ई कम्पनीका सुरक्षाकर्मीहरुले २९.५ ग्राम ब्राउनसुगरसहित भुजेललाई पक्राउ गरेका हुन् ।

भातगाउँ – भक्सरभिटा सीमा क्षेत्रमा स्कुटरमा रहेका भुजेललाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट सो लागूऔषध बरामद भएको थियो । उनलाई गलगलिया थानामा बुझाइएको छ । नियन्त्रणमा लिइएका भुजेललाई कानूनी कार्वाहीका लागि न्यायिक हिरासत किसनगंज पठाइएको थानाध्यक्ष राहुल कुमारले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्