बिर्तामोड,मंसिर १३ । प्याब्सन बिर्तामोड नगरको आयोजनामा दुईदिने गीत तथा नृत्य प्रतियोगिता बिर्तामोडमा शुरु भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाको बार्षिक कार्यक्रमअन्तरगत नगर प्याब्सनले बिर्तामोडस्थित कोहेड कलेजमा बुधवारबाट नगरस्तरीय नृत्य तथा गायन प्रतियोगिता शुरु गरेको हो ।

दुई दिवसीय कार्यक्रमअन्तर्गत पहिलो दिन प्राथमिक तह र निम्न माध्यमिक तहको प्रतियोगिता सम्पन्न भएको प्याब्सन नगर अध्यक्ष उत्तम खनालले जानकारी दिए । आज सम्पन्न कक्षा १देखि ५ सम्मको आधुनिक गीत नृत्यमा बेल्स मोडेल इङ्गलिस स्कुल प्रथम, चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुल द्वितीय र कन्चन इङ्गलिस स्कुल तृतीय भएको उनले बताए ।
अध्यक्ष खनालका अनुसार विजयी विद्यालयले ट्रफी र विद्यार्थीले मेडल प्राप्त गरेका छन् ।

त्यस्तै भोलि बिहीवार हुने कार्यक्रमअन्तर्गत पहिलो चरणमा १२ बर्षमुनिका र १२ बर्षमाथिका बालबालिकाको गायन प्रस्तुती रहनेछ । त्यसैगरी कक्षा ९ देखि १२ सम्मका बिद्यार्थीको सांस्कृतिक नृत्य, कक्षा ११ र १२ का बिद्यार्थीको गायन प्रतियोगिता हुने नगर सह–सचिव देवेन्द्र हुमागाईले जानकारी दिए । प्रतियोगिताको निर्णायक मण्डलीमा सुमन योगी, मनिष कटुवाल र प्रनिसा उदास रहेका छन् । प्रतियोगितामा विजयी विद्यार्थीहरुले पुष १ र २ गते दमकमा हुने जिल्लास्तरीय प्रतियोगितामा भाग लिन पाउने प्याब्सन बिर्तामोड नगर सचिव सुरेन्द्र खरेलले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतारा प्रसाईले गरेकी थिइन् । प्याब्सन बिर्तामोड नगर सह–सचिव तथा न्यूटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल हुुमागाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्याब्सन नगर सचिब खरेलले गरेका थिए ।

उद्घाटन कार्यक्रममा प्याब्सन झापा सचिव हरिकृष्ण पाठक, न्यूटन्स एजुकेशन एकाडेमीकी संस्थापक धर्मा पराजुली प्रसाई, कोहेड स्कुलका प्रिन्सिपल कमल तिम्सिना, कोहेडका संयोजक केशव प्रसाई, बालबालिका शिक्षा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेल, चेम्बर अफ कमर्सका झापा अध्यक्ष ओमकृष्ण बिमली, उद्यमशील महिला संघ झापा अध्यक्ष पार्वता विमलीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्