झापा,मंसिर १४ । युक्रेनको दक्षिण भागमा भीषण आँधीका कारण १२ जनाको मृत्यु भएको छ। रूसको आक्रमणबाट प्रभावित दक्षिणी युक्रेनमा सोमबारको आँधीबेहरी र हिमपातले १२ जनाको मृत्यु भएको हो।युक्रेन, मस्कोले कब्जा गरेको क्रिमिया र दक्षिणी रूसमा पनि शक्तिशाली हावाहुरी चलेको थियो। युक्रेनका आन्तरिक मन्त्री इगोर क्लाइमेन्कोले आँधीका कारण १२ जनाको मृत्यु भएको र २३ जना घाइते भएको पुष्टि गरे। अधिकारीहरूका अनुसार मौसममा सुधार आएको छ तर सयौँ गाउँ विद्युतविहीन भएका छन्। राज्यको दक्षिणी क्षेत्रमा आँधीले पुर्‍याएको क्षतिका कारण अवरूद्ध सेवा सञ्चालन गर्न तीव्र मर्मत कार्य भइरहेको र युक्रेनले तीन पश्चिमी छिमेकीबाट विद्युत् आयात गरेकोे छ । युक्रेनको ऊर्जा मन्त्रालयले मौसम र युद्धका कारण ८१२ बस्ती ऊर्जाविहीन भएको जनाएको छ। युक्रेनले आफ्नो ऊर्जा ग्रिडमा आक्रमण गर्ने डरलाग्दो नयाँ रूसी अभियानविरूद्ध हप्तौंदेखि तयारी गरिरहेको बताएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्