झापा, मंसिर १४ । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाको बार्षिक कार्यक्रमअन्तर्गत प्याब्सन बिर्तामोडको आयोजनामा भएको दुईदिने सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

बिर्तामोडस्थित कोहेड बिद्यालयमा बुधवार र बिहीवार भएको नगरस्तरीय नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको हो ।

दोस्रो दिन आज भएको कार्यक्रमअन्तर्गत कक्षा ९ देखि १२ सम्ममा विद्यार्थीहरुको सांस्कृतिक नृत्यतर्फ बेल्स मोडल स्कुल र कोहेड स्कुल प्रथम भएका छन् । त्यस्तै कन्चनजंघा माबि दोस्रो र चिल्ड्रेन इन्भाइरोमेन्ट बोर्डिङ स्कुल तेस्रो भएका छन् ।त्यस्तै आधुनिक नृत्यतर्फ कक्षा १ देखि ५ सम्म बेल्स मोडल स्कुल प्रथम, चिल्ड्रेन इन्भाइरोमेन्ट बोर्डिङ स्कुल दोस्रो र कन्चन बोर्डिङ स्कुल तेस्रो भएका छन् । कक्षा ६ देखि ८ सम्मको राष्ट्रिय नृत्यतर्फ न्यूटन्स एजुकेशन एकाडेमी प्रथम, बुद्धस्मृति स्कुल दोस्रो र चिल्ड्रेन इन्भाइरोमेन्ट बोर्डिङ स्कुल तेस्रो भएका छन् ।

त्यसैगरी १२ बर्षमुनिको गायनतर्फ निदि इङ्गिलस स्कुल प्रथम, तक्षशीला इङ्गिलस बोर्डिङ स्कुल दोस्रो र कन्चनजंघा तेस्रो भएका छन् । १२ बर्ष माथिको गायनतर्फ कन्चन स्कुल प्रथम, कन्चनजंघा दोस्रो र तक्षशीला तेस्रो भएका छन् । कक्षा ११ र १२ को गायनतर्फ कन्चनजंघा माबि प्रथम, एमिटी माबि दोस्रो र कोहेड स्कुल तेस्रो भएका छन् ।

प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनालको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथि मेची क्याम्पसका प्राध्यापक केशव प्रसाई रहेका थिए । कार्यक्रममा प्याब्सन बिर्तामोड नगर सह–सचिव तथा न्यूटन्स एकाडेमी एजुकेशनका प्रिन्सिपल देबेन्द्र हुुमागाईले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन प्याब्सन नगर सचिब सुरेन्द्र खरेलले गरेका थिए ।
बुधवार शुरु भएको सांस्कृतिक कार्यक्रमअन्तर्गत कक्षा १ देखि ५ सम्मका बिद्यार्थीले सामूहिक नेपाली आधुनिक नृत्य र कक्षा ६ देखि ८ सम्मका बिद्यार्थीले सामूहिक राष्ट्रिय नृत्य प्रस्तुत गरेका छन् ।

त्यस्तै आज पहिलो चरणमा १२ बर्ष मुनिका र १२ बर्ष माथिका बालबालिकाले गायन प्रस्तुत गरेका थियो । त्यसैगरी कक्षा ९ देखि १२ सम्मका विद्यार्थीको सांस्कृतिक नृत्य, कक्षा ११ र १२ का विद्यार्थीको गायन प्रतियोगिता भएको नगर सह–सचिव हुमागाईले जानकारी दिए । नगरमा उत्कृष्ट हुने विद्यार्थी तथा समूहले आगामी पुस १ र २ गते दमकमा हुने जिल्ला प्याव्सनको कार्यक्रममा सहभागिता जनाउन पाउने जनाइएको छ । आजको प्रतियोगिताको निर्णायक मण्डलीमा गायनतर्फ अनुप दियाली र चण्डी साम्पाङ थिए भने नृत्यतर्फ देबराज खड्का र सुमन योगी रहेका थिए ।

प्रतियोगितामा बिर्तामोड नगरका प्याब्सनमा आवद्ध निजी विद्यालयहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्याब्सन झापा सचिव हरिकृष्ण पाठक, न्यूटन्स एजुकेशन एकाडेमीकी संस्थापक धर्मा पराजुली प्रसाई, कोहेड स्कुलका प्रिन्सिपल कमल तिम्सिना, कोहेडका संयोजक केशव प्रसाई, बालबालिका शिक्षा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्