झापा,मंसिर १५ । इजरायल र हमासबिच थप गरिएको युद्धविराम सकिएलगत्तै इजरायली सेनाले पुन आक्रमण सुरु गरेको छ । इजरायलले हमासले युद्धविरामका सर्तहरू पालना नगरेकाले आक्रमण सुरु गर्नुपरेको दाबी गरेको छ । इजरायलले सुरु गरेको हवाइ आक्रमणका कारण कम्तीमा ६ जना प्यालेस्टिनी नागरिको ज्यान गएको बताइएको छ । युद्धविरामको समयावधि समाप्त हुनु केही समयअघि दक्षिणी इजरायलमा साइरन बजेको थियो र इजरायली सेनाले गाजाबाट प्रक्षेपण गरिएको रकेटलाई रोकेको बताएका थिए । हमासद्वारा सञ्चालित आन्तरिक मामिला मन्त्रालयले इजरायली हवाई आक्रमणबाट धेरै क्षेत्र प्रभावित भएको जनाएको छ । युद्धविरामले गाजामा बन्दी बनाइएका १०० भन्दा बढी रिहा हुन सफल भएका छन् । अझै करिब १४० जना बन्धक छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्