झापा मंसिर १५ । औषधि व्यवस्था विभागले प्रेस्क्रिप्सनका आधारमा औषधि बिक्री गर्न आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै प्रेस्क्रिप्सनका आधारमा औषधि बिक्री गर्न सरोकारवालालाई आग्रह गरेको हो । साथै सर्वसाधारणलाई पनि चिकित्सकको सल्लाह लिई प्रेस्क्रिप्सनसहित औषधि पसलबाट मात्र औषधि खरिद गर्न आग्रह गरेको छ । औषधि ऐन २०३५ को दफा (१७) विपरीतका त्यस्ता काम कारबाहीहरू गरेको पाइएमा सोही ऐन बमोजिम कारबाही हुने विभागले सरोकारवाला सबैलाई सूचनामार्फत सूचित गरेको छ । विभागबाट नियमित रूपमा हुने गरेको औषधि पसलहरूको निरीक्षणको क्रममा प्रेस्क्रिप्सनका आधारमा बिक्री वितरण हुनुपर्ने औषधि विना प्रेस्क्रिप्सननै बिक्री भएको पाइएकाले विभागले यस्तो आग्रह गरेको हो । प्रतिजैविक औषधिहरू समेत बिना प्रेस्क्रिप्सन बिक्री हुँदा सो औषधिहरूको व्यापक प्रयोगले रोग प्रतिरोध क्षमता अभिवृद्धि भई कतिपय अवस्थामा औषधिले काम नगरेको अवस्था रहेको विभागद्वारा जारी सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्