झापा, मंसिर १५ । विराट बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड ३ सैनिकमोडले संचालन गरेको पर्व विशेष उपहार कुपनको पहिलो पुरस्कार बिर्तामोड १० की अम्बिका प्रसाईले पाएकी छन् ।

उनले पहिलो पुरस्कारवापत माइक्रो ओभन पाएकी हुन् । त्यस्तै दोस्रो पुरस्कारको रुपमा उमानाथ ओलीले इन्डक्सन चुलो पाएका छन् भने तेस्रो पुरस्कारको रुपमा इलेक्ट्रिक जग सरस्वती निरौला र ओसिम सिटौलाले पाएका छन् । त्यस्तै चौथो पुरस्कार राजु चाम्लिङ, मुना सेन्चुरी ,सुमन पन्त ,यनिभ भण्डारी र रविना अकौलियाले प्राप्त गरेका छन् ।

विराट सहकारीद्वारा संचालित सहकारी पसलमा दशै तिहारका बेला सामान खरिदका क्रममा १ हजार ८७५ जनाले कुपन पाएका थिए । त्यसमध्ये ३५ जनालाई पुरस्कार प्रदान गरिएको सहकारीका प्रवन्धक रुद्र सिटौलाले बताए । दुई जना बालिकाहरु अजस्वी आचार्य र आर्या सिटौलाले बाकसबाट कुपन तानेका थिए ।

विजेताहरुलाई बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , बिर्तामोड ३ का वडाध्यक्ष मदन संग्रौला ,सहकारीका अध्यक्ष मोहन सिवाकोटी, प्रवन्धक रुद्र सिटौला , कोषाध्यक्ष काजी बुढाथोकी , व्यवस्थापक तेजप्रसाद पाठक, सदस्य अर्जुन पाठकलगायतले पुरस्कार प्रदान गरेका थिए । विराट सहकारीले विगत केही वर्षदेखि आफ्नै भवनमा सहकारी पसल संचालन गर्दै आएको छ ।


ओमसाई ट्रेडर्स, जलकन्या ट्रेडर्स , लक्ष्मी स्टोर ,समर्पण सप्लायर्स, स्मृति ट्रेडर्स ,समग्र सप्लायर्स, न्यू उज्जवल ट्रेडर्स , युनाइटेड डिस्ट्रिब्युटर, कञ्चनजङ्गा स्टोर र देवी पाथिभरा सप्लायर्सले ती पुरस्कार सौजन्य गरेको प्रवन्धक सिटौलाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्