
झापा,मंसिर १६ । युद्धविराम सकिएसँगै इजरायलले गाजामा तीव्र आक्रमण गरिरहेको छ । लगातारको रकेट प्रहार र बमबारीबाट अहिलेसम्म १ सय ७८ जनाको मृत्यु भएको छ । इजरायलले अहिले उत्तर–पश्चिमी गाजा र दक्षिणमा खान युनिसलाई लक्षित गरिरहेको छ । जहाँ घना बस्तीहरु रहेकोे जनाएको छ। जहाँबाट लाखौं मानिसहरू लडाइँबाट बच्न उत्तरमा भागेका छन्। इजरायलले त्यहाँका बासीन्दालाई इजिप्टको सिमानामा नजिकै रहेको रफाहमा जान आग्रह गरेको छ । यसैबीच युद्धविराम समाप्त भएदेखि नै इजिप्टको राफा क्रसिङबाट अति आवश्यक सहयोग आउन बन्द भएको राष्ट्रसंघका अधिकारीले बताएका छन्। जसले पुनः मानवीय संकट निम्तने खतरा बढेको छ।