दमक, मंसिर १६ । जगतगुरु बालसन्त श्री १००८ मोहनशरण देवाचार्यको उपस्थितिमा पातञ्जल योग समितिको तेस्रो राष्ट्रिय महाधिवेशन झापाको दमकमा शुरु भएको छ ।

आज मध्यान्ह दमक नगरपालिका ६ पशुपति मन्दिरको सभाहलमा पातञ्जल योग समिति नेपालका केन्द्रीय अध्यक्ष बालमुकुन्द सुवालको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि जगत गुरु बालसन्त श्री १००८ मोहनशरण देवाचार्य रहेका छन् । त्यस्तै विशेष अतिथि कोशी प्रदेशका विना विभागीय मन्त्री गणेश उप्रेती , प्रदेश सांसद होमबहादुर थापा लगायत रहेका छन् ।

महाधिवेशन शुरु हुनुअघि बिहान दमकमा प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीमा दमकबाट ठुलो संख्यामा योग साधकहरुका अतिरिक्त सर्वसाधारणहरु सहभागी भएका थिए । प्रभातफेरीमा विभिन्न नाराहरु लेखिएको व्यानर र पर्चा सहभागीहरुले बोकेका थिए ।


भोलिसम्म संचालन हुने महाधिवेशनमा देशभरबाट १५१ प्रतिनिधि तथा अन्य पर्यवेक्षक गरी २ सयबढी सहभागी हुने राष्ट्रिय उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज होम गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्