झापा, मंसिर १६ । झापामा धान र परालको कुन्युमा अत्यधिक आगलागी हुन थालेको छ ।

फाइल फोटो

यसक्रममा आज दिउँसो दुई ठाउँमा आगलागी भएको छ । आगलागीबाट साढे तीन लाखभन्दा बढीको क्षति भएको छ । आज दिउँसो १.३० बजेको समयमा कचनकवल –१ घेरावारी बस्ने दिलसरी गणेशले आफ्नै खेतको पराल र लार आगो लगाई डढाउने क्रममा उक्त आगो सल्केर नजिकै रहेको देबनारायण राजवंशीले थ्रेसर लगाई भेला गरी राखेको धानमा आगलागी भएको थियो । आगलागीबाट देबनारायण राजवंशीको अन्दाजी ३५ मन धान र पराल गरी ५० हजार बराबरको क्षति भएको छ ।

त्यस्तै राजेश राजवंशीको ५ मन धान जल्दा ६ हजार बराबरको क्षति भएको छ । आगलागी भएको खबर प्राप्त भएपछि प्रहरी चौकी घेराबारीबाट खटिएको टोली र स्थानीय बासीले दिउँसो २.४० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिएका थिए ।

त्यस्तै आजै दिउँसो १ बजे मेचीनगर ९ मागुरमाडी बस्ने टंकप्रसाद उप्रेतीको घरनजिकै रहेको ५ बिगाह खेतमा लगाएको धानसहितको चार वटा कुन्युमा अचानक आगलागी भएको छ । आगलागीबाट धानसहितको परालको कुन्यु पूर्ण रुपमा जलेर नष्ट भएको र उनको घरको पूर्वपट्टी रहेको एउटा झ्यालको सिसा समेत फुटेर अन्दाजी ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय धुलाबारीमा खटिएको प्रहरी टोली , मेचीनगर नगरपालिकाको दमकल र स्थानीयहरुको सहयोगमा दिउँसो २ः३० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्