झापा, मंसिर १६ । बत्तीमुनि अँध्यारो भनेझै बिर्तामोड ७ खोपबाडीमा एनसेलको नेटवर्कमा बिगत २ महिनादेखि समस्या देखिएको छ ।

घरभित्र बस्दा नेटवर्क नै नआउने समस्याबाट उपभोक्ताहरु प्रभावित छन् । घर बाहिर दुःखले काम गरेपनि फोन नै नबुझिने, फोन नै नलाग्ने अधिकांश स्थानीयको गुनासो रहेको छ ।

अहिलेकोे समय सामाजिक संजालबाट कोहि पनि टाढा बस्न सक्दैनन् । टावरमा नै समस्या आएपछि महँगो शुल्क तिरेर घरमा वाइफाइ राख्नु पर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । यस विषयमा एनसेल सेन्टर बिर्तामोड र ९००५ मा पटक– पटक जानकारी गराउँदासमेत खासै वास्ता नगरेको स्थानीय डिल्लीराम चम्लागाई बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्