झापा, मंसिर १७ । बिर्तामोड– ७ मा रहेको कञ्चन इङ्लिस स्कुलले बिर्तामोड नगर प्याब्सनले आयोजना गरेको नृत्य तथा गायन प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ ।

आफ्नै गाउँघरमा सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा दिँदै आएको विद्यालयले जुनसुकै ठाउँमा गएर प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेको विद्यालयका सञ्चालक दिपक चम्लागाईले बताए । विद्यालयले भाग लिएका हरेक प्रतिष्पर्धाको नतिजाले विद्यालयको स्तरलाई प्रष्ट पारेको उनले बताए ।

सो विद्यालयले यो वर्ष मात्र धेरै विद्यामा पुरस्कार जित्न सफल भएको हो । भर्खरै सम्पन्न प्याव्सनको प्रतियोगितामा १२ वर्ष माथिको गायनमा कञ्चन स्कुल नगरपालिका प्रथम भएको छ भन्ने आधुनिक नृत्यतर्फ तृतीय स्थान हासिल गर्न सफल भएको छ । दक्ष तथा अनुभवी शिक्षकले बालमैत्री वातावरणमा शिक्षा दिँदै आएको यस विद्यालयले पढाइका अतिरिक्त समाजमा विभिन्न जनचेतनामुलक कार्यसमेत संचालन गर्दै सामाजिक कार्यमा ध्यान दिएर आफ्ना अभिभावकको मन जित्दै गएको संचालक दीपक चम्लागाई बताउँछन् । ‘हामीले कमाउने उद्देश्यभन्दा पनि नाफारहित गाउँघरमा शिक्षाको ज्योति छर्दै आफ्नो घरआँगन उज्यालो बनाउँदै शिक्षा लिन शहर पस्नु पर्ने बाध्यताको अन्त्य गराउने लक्ष्य राखेका छौं’ उनले भने ।

विगतमा देखिएका गल्ती र कमजोरीलाई सुधार गर्दै समय अनुरुपको गुणस्तरीय शिक्षा दिँदै जाने विद्यालयको योजना रहेको अर्का सञ्चालक डिल्लीराम चम्लागाईले बताए । अभिभावकका हरेक सुखदुःखमा विद्यालय परिवारले संगसंगै हातेमालो गरिरहेको बताउँदै अर्का संचालक बद्री बास्कोटाले भने, ‘विद्यालय, अभिभावक र विद्यार्थी मिलेर अघि बढ्दै जाने हो भने असम्भव भन्ने कुरा रहँदैन, त्यही अनुसार अघि बढ्छौं । ’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्