बिर्तामोड, मंसिर १७ । ३२ औं अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा विभिन्न संघसंस्थाहरुले अपांगता भएका व्यक्तिहरुलाई सहयोग गरेका छन् ।

बिर्तामोड अपांग स्वाबलम्बन समितिले आज आयोजना गरेको कार्यक्रममा विभिन्न संघसंस्थाहरुले सहयोग प्रदान गरेका हुन् । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले तीन थान ह्वील चियर प्रदान गरेको छ भने ऊर्जाशील रामधुनी आमा समूहले १० पिस ब्लांकेट , ५० केजी चामल र ५ केजी फलफूल सहयोग गरेको छ । त्यस्तै अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नवीन गट्टानीले ५ थान ब्लांकेट उपलव्ध गराएका छन् ।

त्यस्तै मन्जुश्री असहाय संरक्षण केन्द्रले एक काटुन खानेतेल , नुहाउने र लुगाधुने साबुन र शैक्षिक सामग्री सहयोग गरेको छ । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष सिद्धार्थ नवीन उप्रेती , ऊर्जाशील रामधुनी आमा समूहकी अध्यक्ष गंगा शिवाकोटी , मन्जुश्री असहाय संरक्षण केन्द्रकी उपाध्यक्ष मन्जु ओलीलगायतले ती सहयोग सामग्री हस्तान्तरण गरेका थिए । बिर्तामोड अपांग स्वाबलम्बन समितिका अध्यक्ष दीपक थापाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि संग्रौला ,रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष सिद्धार्थ नवीन उप्रेती , ऊर्जाशील रामधुनी आमा समूहकी अध्यक्ष गंगा शिवाकोटी , मन्जुश्री असहाय संरक्षण केन्द्रकी उपाध्यक्ष मन्जु ओली, संवाद समूहकी संयोजक कमला भट्टराईलगायतले मन्तव्य राखेका थिए ।

मेची बहिरा संघका अध्यक्ष गणेश पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन मुना भट्टराईले गरेकी थिइन् । बिर्तामोडमा चार प्रकारका परिचयपत्र पाएका ७९५ जना अपांगता भएका व्यक्तिहरु रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्