झापा, मंसिर १७ । झापाको चन्द्रगढी –चारआली सडकको छेउ नालीमा एक व्यक्ति मृत फेला परेका छन् ।

मेचीनगर– १३ पुरानो आईतबारे हटियास्थित बाटो छेउको पूर्वपट्टीको नालीमा तत्काल नाम ,थर, वतन नखुलेको अन्दाजी बर्ष ३५ का पुरुष मृत अवस्थामा फेला परेका हुन् । मृतकको छेउमा एउटा साईकलसमेत फेला परेको छ ।

स्थानीयले दिउँसो ३.२० बजेको समयमा प्रहरी चौकी चारआलीमा जानकारी गराउनासाथ प्रहरी टोली खटीगई साँझ ५.१० बजे पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्