झापा,मंसिर १७ । झापामा दिनहुँ धानको कुन्युमा आगलागी हुनेक्रममा आज पनि आगलागी भएको छ ।

दिउँसो साढे ३ बजेको समयमा बिर्तामोड नगरपालिका ८ बस्ने राजन दुलालको घरनजिकै राखेको धानको कुन्युमा आगलागी भएको हो । आगलागीबाट अन्दाजी १ लाख २५ हजार बराबरको क्षति भएको छ ।

नेपाल प्रहरी, स्थानीय मानिस, बिर्तामोड र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा अपरान्ह सवा ४ बजेको समयमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्