झापा, मंसिर १८ । झापाको चारआलीमा नालीमा मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ ।

प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको शवलाई परिवारले पहिचान गरेका हुन् । सो शव भद्रपुर ९ घोडामारा बस्ने अन्दाजी ५५ वर्षीय अभिलाल राजवंशीको भएको उनकी श्रीमती सरला राजवंशी र छोरा महेश राजवंशीले प्रादेशिक अस्पताल भद्रपुरमा गएर पहिचान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मेचीनगर– १३ पुरानो आईतबारे हटियास्थित बाटो छेउको पूर्वपट्टीको नालीमा राजवंशी हिजो मृत फेला परेका हुन् । मृतकको छेउमा एउटा साईकलसमेत फेला परेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्