झापा, मंसिर २० । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ छातीमा असहज महसुस भएपछि गएराति सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन् ।

उनको एन्जियोप्लास्टी गरिएको छ । उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको हो । यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो । उनको स्वास्थ अवस्था स्थिर रहेको स्वकीय सचिव विजय गौतमले उल्लेख गरेका छन् । मंगलबार साँझ उनी सत्तागठबन्धनको बैठकमा सहभागी थिए ।