भद्रपुर ,मंसिर २२ । झापाको भद्रपुरस्थित मेची रंगशालामा जारी प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदैछन् ।

पहिलो खेलमा मध्यान्ह १२ बजे बुद्धशान्ति गाउँपालिकाले झापा गाउँपालिकासंग प्रतिस्पर्धा गर्दैछ भने अपरान्ह २ बजेबाट सुरु हुने दोस्रो खेलमा मेचीनगर नगरपालिकाले अर्जुनधारा नगरपालिकाको सामना गर्नेछ । यी खेलमा विजयी हुने २ टिमबीचको फाइनल खेल आइतवार हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्