झापा , मंसिर २२ । जंगली हात्तीले झापा दिनहँु क्षति गर्नेक्रममा गएराति दमकमा एक घर भत्काएर क्षति पुर्याएको छ ।

राति ११ बजेतिर दमक नगरपालिका ३ हंसेदुम्से सामुदायिक वननजिक बस्ने राजकुमार खड्काको टिनको छानो टाटीको बेरा भएको एकतले घर हात्तीले भत्काएको हो । दुईवटाको संख्यामा आएका हात्तीले घर भत्काएर एक बोरा चोकर खाई नष्ट गर्दा ४० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरी चौकी बाघचौरबाट खटिएको टोलीले राति १२ बजे ती हात्तीलाई जंगलतर्फ नै लखेटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्