झापा,मंसिर २२ । सरकारको निर्णयअनुसार मोरङमा पनि सशस्त्र प्रहरीले सीमा स्तम्भहरुको मर्मत सम्भार ,रंगरोगन र पुनस्र्थापना गर्ने कार्य सुरु गरेको छ । शुक्रबार विराटनगर महानगरपालिका वडा नं. १८ दामादिगी स्थित १७७ नम्बरको पिलर विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मर्मत सम्भार सुरु गरेर सिमा स्तम्भ मर्मत कार्यको शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सीमा क्षेत्रको सुरक्षा गर्न स्थानीयको पनि महत्वपूर्ण भूमिका हुने बताए । उनले सिमाक्षेत्रमा हुने गरेको लागुऔषधको ओसारपोसार र मानव बेचबिखन ठूलो समस्या बन्दै गएकाले यसलाई सुरक्षा निकायको समन्वय र स्थानीयको साथबाट समाधान गर्नुपर्ने धारणा राखे।त्यस्तै, सशस्त्र प्रहरी बल बराह बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेलले स्थानीयको सहयोग बिना सीमा सुरक्षा सम्भव नभएको बताए । उनले देशको शन्ति सुरक्षा र आन्तरिक सुरक्षालाई मजबुद बनाउन राज्याले सिमा सुरक्षालाई बलियो बनाउनुपर्ने जिकिर गरे।सशस्त्र प्रहरी बल ३ नं कंकालिनी गणले मोरङका ३७ वटा बिजोर नम्बरका पिलरहरु मर्मत सम्भार र रंगरोगन गर्ने जिम्मा पाएको हो । मोरङको भारतसँग रहेको ६३ किलोमिटर सीमा क्षेत्रमा १ सय २३ वटा साना ठूला पिलरहरु रहेकोमा ६५ वटा जोर नम्बरका पिलरहरु भारतीय सशस्त्र सुरक्षा बल एसएसबीले मर्मत सम्भार र रंगरोगन गरिसकेका छन् । मोरङको सिमाक्षेत्रका २३ वटा पिलरहरु भने हराएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्