झापा,मंसिर २२ । सरकारले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयको निर्णयअनुसार प्रशासन सेवा र लेखा समूहका उनीहरूलाई सरुवा गरेको हो।

जसमा उपमहालेखा नियन्त्रक विष्णुहरि बराललाई लोक सेवा आयोग, उपसचिव दिलकुमार खड्कालाई महान्यायाधीवक्ताको कार्यालय, लक्ष्मीप्रसाद जोशीलाई कारागार व्यवस्थापन विभाग, दीपक अधिकारीलाई वन मन्त्रालय र दामोदर जोशीलाई आन्तरिक राजस्व विभागमा सरुवा गरिएको हो।

झापामा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख नियन्त्रक मधु पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय काठमाडौं सरुवा भएका छन् । सोही कार्यालयका कोष नियन्त्रक लक्ष्मीप्रसाद दाहाल मदन भण्डारी राजमार्ग योजना झापामा सरुवा भएका छन् । त्यस्तै भद्रपुर भन्सार कार्यालयका लेखापाल राजु चौधरी ग्रामीण सडक संजाल सुधार आयोजना कार्यान्वयन इकाई झापामा सरुवा भएका छन् भने उनको ठाउँमा जिल्ला अदालत झापाका संजय दाहाल आउने भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्