झापा,मंसिर २४ । झापाका चारवटा पालिकाहरुले भोलि स्थानीय विदा दिएका छन् ।

हिन्दु धर्मावलम्बीहरुको बाला चतुर्दशी पर्वका अवसरमा अर्जुनधारा नगरपालिका , शिवसताक्षी नगरपालिका ,बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकाले भोलि विदा दिएका हुन् ।

ती पालिकाहरले सूचना जारी गरी भोलि नगरपालिका–गाउँपालिका कार्यालय र मातहतका शाखा , वडा कार्यालय , शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरु बन्द रहने जनाइएको छ ।

बाला चतुर्दशीमा अर्जुनधारा जलेश्वरधाम, सताक्षीधाम , विराटपोखरी, बाह्रदशी साधुकुटी गौरीशंकर शिवालय,मेचीनगरको कृष्णथुम्कीलगायतका धार्मिकस्थलमा सत्बीज छर्ने भक्तालुहरुको भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्