झापा, मंसिर २५ । आज बिहान विभिन्न शिवालयमा गई भक्तजनहरूले बालाचतुर्दशी पर्व मनाएका छन् ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी मनाइन्छ । त्रयोदशीको दिन आइतबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले सोमबार पितृको सद्गतिको कामना गर्दै शतबीज छरे । यस अवसरमा पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धामलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको थियो । अर्जुनधारामा भारत हरिद्वारका आयुर्वेद शिरोमणी आचार्य बालकृष्ण महाराजको अर्जुनधारा जलेश्वरधाममा आएका छन् । बालाचतुर्दशीको अवसरमा धामले ४१ औं बार्षिक अनुष्ठानको रुपमा श्रीमद् देवी महापुराण नवाह ज्ञान महायज्ञ, बृहत योग शिविर सञ्चालन गरेको थियो । खडेबाबाको प्रतिमा अनावरणलगायतका कार्यक्रमका लागि धामको प्रमुख आतिथ्यता स्वीकारेर महाराज आएका हुन् ।

बालाचतुर्दशीमा अर्जुनधारा जलेश्वरधामसहित सताक्षीधाम , विराटपोखरी, बाह्रदशी साधुकुटी गौरीशंकर शिवालय,मेचीनगरको कृष्णथुम्कीलगायतका धार्मिकस्थलमा सत्बीज छर्ने भक्तालुहरुको भीड लाग्ने गरेको छ ।
हिन्दु धर्मावलम्बीहरुको बालाचतुर्दशी पर्वका अवसरमा झापाका चारवटा पालिकाहरुले आज स्थानीय विदा दिएका छन् अर्जुनधारा नगरपालिका , शिवसताक्षी नगरपालिका ,बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकाले आज विदा दिएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्