पाँचथर, मंसिर २७ । प्रदेश १ पुनः नामकरण संघर्ष समितिले पहिचानका लागि युवा दस्ता सार्वजनिक गरेको छ ।

बुधबार पाँचथर सदरमुकाम फिदिममा आयोजित एक कार्यक्रममा मार्चपाससहित १ हजार १ सय ११ सदस्यीय युवा दस्ता सार्वजनिक गरिएको हो ।युवा दस्ताले लाठी र मुंग्रोसहित फिदिम बजार परिक्रमासँगै मार्चपास गरेको थियो ।पहिचान पक्षधरहरुले आन्दोलनको मर्म र भावनाविपरीत साविकको एक नम्बर प्रदेशलाई ‘कोशी’ नामकरण गरिएको भन्दै आन्दोलन गरिरहेका छन् ।
आन्दोलनलाई प्रभावकारी रुपमा अघि बढाउन युवा दस्ता घोषणा गरिएको प्रदेश १ पुनः नामकरण संघर्ष समिति संयोजक सुवाष तुम्बापोले बताए । उनका अनुसार यसअघि झापा,मोरङ, सुनसरी, तेह्रथुम, उदयपुर र ताप्लेजुङ जिल्लामा युवा दस्ता घोषणा भइसकेका छन् ।