झापा, मंसिर २८ । हिजो साँझ भएको आगलागीबाट गौरीगञ्ज ४ चन्द्रवंशी टोलका जगदिश मेहताको एक विगाह खेतको धान जलेर नष्ट भएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2023/12/IMG-20231213-WA0006-696x392-1.jpg)
साँझ ६.४५ बजेको समयमा मेहताको खेतमा जम्मा गरी राखिएको १ विगाह खेतको धानमा अचानक आगलागी भएको हो । स्थानीयले ईलाका प्रहरी कार्यालय खजुरगाछीमा जानकारी गराएपछि प्रहरी टोली खटिगई स्थानीयबासी, नेपाल प्रहरी र गौरादह नगरपालिकाको दमकलको सहयोगमा साँझ ७.३० बजे आगो पूर्ण रुपमा निभाएको र आगलागीबाट १ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।