कुमरखोद , मंसिर २८ । झापा गाउँपालिकामा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।


नेपाल रेडक्रस सोसाईटी कुमरखोद उपशाखाले आफ्नै भवनमा आज आँखा शिविर सम्पन्न गरेको हो । शिविरमा ९६महिला र १०४ पुरुष गरी जम्मा २ सयजना विरामीले आँखा परीक्षण गराएको कुमरखोद उपशाखाका सभापति सुन्दरलाल गणेशले बताए । शिविरमा सबै आँखा रोगीहरुको चेकजाँच गरिनुका साथै औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

शिविरमा ४४ जनामा मोतिया विन्दुको समस्या भेटिएको थियो । मोतिया विन्दुका विरामीहरुको अप्रेशन मेची आँखा अस्पतालले निःशुल्क गरिदिने कुमरखोद उपशाखाकी उपसभापति कल्पना खड्काले बताईन् । आँखा शिविरमा प्राविधिक सहयोग मेची आँखा अस्पताल सैनिकमोडले गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्