झापा , मंसिर२९ । अटोको डिकीमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगर लुकाएर ल्याउने तीनजना कारोवारी दमकमा पक्राउ परेका छन् ।

हिजो साँझ ६ बजेको समयमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका वडा नं. ७ हनुमान मन्दिरमा पशुहाटबाट बेलडाँगी जाँदै गरेको को १ ह ९७४५ नं. को अटोलाई चेकजाँच गर्दा अटोको डिकीमा लुकाएर ल्याएको ५१ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

ब्राउनसुगरसहित अटो चालक दमक नगरपालिका वडा नं. १ बस्ने ३५ वर्षीय प्रकाश श्रेष्ठ , अटोमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय अर्जुन लिम्बू र उनकै श्रीमती २७ वर्षीया मनिसा लिम्बू पक्राउ परेका छन् । अटोसहित नियन्त्रणमा लिई उनीहरुलाई ईलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्