झापा , मंसिर २९ । अवैध रुपमा नेपाल छिर्न लागेका एक बंगलादेशी नागरिकलाई सीमापारि भारतीय प्रहरीले पक्राउ गरेको छ ।


२३ वर्षीय बंगलादेशी मोहम्मद आलमलाई नेपाल–भारत सीमाको चियारूजोत क्षेत्रबाट बुधवार पक्राउ गरिएको हो । ती बंगलादेशी चियारूजोत क्षेत्रमा घुमफिर गरिरहेका थिए । स्थानीयवासीले शंका लागेर प्रहरीलाई खबर गर्दा उनी बंगलादेशी भएको पुष्टि भएको थियो ।


प्रहरीले उनको साथबाट परिचयपत्र र एटीएम कार्ड बरामद गरेको थियो । परिचपपत्रकै आधारमा उनी बंगलादेशी भएको खुलेको हो । उनले अवैध बाटोबाट नेपाल प्रवेशका लागि आफू आएको प्रहरीलाई बयान दिएका छन् ।आरोपीलाई सिलिगुडी अदालतमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पश्चिम बंगालका बंगाली समुदायसँग रुपरङ र भाषा मिल्ने कारण बंगलादेशीहरु भारतीयको भेषमा अवैध रुपमा नेपाल प्रवेश गर्ने गरेको तथ्य बाहिर आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्