झापा, मंसिर ३० । नेकपा एमालेका अध्यक्ष केपी ओलीको कार्यक्रममा सहभागी हुन पाँचथरतर्फ जानेहरुलाई बन्द आव्हान गरेका पहिचानवादीहरुले अवरोध गर्ने प्रयास गरेका छन् ।

कोशी प्रदेशभरि आज र भोलि प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले यातायात बन्दको आव्हान गरेको हो । बन्दकर्ताहरुले ठाउँ ठाउँमा टायर बालेर सामान्य अवरोध गर्न खोजेपनि यातायात संचालन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले मेची राजमार्गमा यातायात नचल्दा यात्रुहरु बिचल्लीमा परेको जानकारी दिए ।

प्रहरीले बन्दलाई असफल बनाउन मेची राजमार्गमा स्कर्टिङ गरिरहेको जनाइएको छ । इलाममा बन्दको असर धेरै नपरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी प्रकाश जवेगुले बताए ।

एमालेको संकल्प यात्रा आज पाँचथर पुग्दैछ। त्यसक्रममा आज पाँचथरको फिदिममा आमसभा आयोजना गरिएको छ । संकल्प यात्रामा अवरोध गर्ने ३५ जना पहिचानवादी विभिन्न जिल्लाबाट पक्राउ परेका छन् । उनीहरुलाई रिहाइका लागि दबाब दिन प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले यातायात बन्दको आव्हान गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्