भद्रपुर, मंसिर ३० । लेखनाथ पुस्तकालय चन्द्रगढीको ३८ औं साधारणसभाले कवि कृष्ण सुवेदी निराकारको सभापतित्वमा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ ।


झापा सदरमुकाम चन्द्रगढीमा २०३७ सालमा स्थापना भइ निरन्तर सञ्चालनमा रहेको पुस्तकालयको दुई वर्षे कार्यकालका लागि निराकारको नेतृत्वमा सर्वसम्मत समिति गठन भएको हो ।
समितिको उपसभापतिमा खगेन्द्रा खुशी, सचिव हरिकिशोर आचार्य, सहसचिव उषा गुरूङ र कोषाध्यक्षमा गोविन्द कोइराला सर्वसम्मत चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा निर्मला बास्तोला दंगाल र जनार्दन उप्रेती निर्वाचित भएका छन् भने बाँकी ४ जना सदस्य समितिले मनोनयन गर्ने छ ।

पुस्तकालयका कार्यवाहक सभापति हरिप्रसाद न्यौपानेको सभापतित्व तथा प्राध्यापक डाक्टर गंगाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा भाषाविद् चुडामणि रेग्मी, पुस्तकालयका संस्थापक अध्यक्ष डिल्लीराम खतिवडा, सहप्राध्यापक चुडामणि वशिष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । गोपाल आचार्यले सञ्चालन गरेको कार्यक्रममा स्वागत सचिव हरिकिशोर आचार्यले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्