बिर्तामोड, मंसिर ३० । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेलाई अध्यक्षको उम्मेदवारको रुपमा प्रस्ताव गरिएको छ ।

बिर्तामोड ३ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालयको भुतपूर्व विद्यार्थी समाजले सोही विद्यालयका पूर्व विद्यार्थी न्यौपानेलाई बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षको रुपमा प्रस्ताव गर्दै सहयोग गर्ने प्रतिवद्धता जनाएको हो । भुतपूर्व विद्यार्थी समाजको आयोजनामा आज चारपानेको बेलडाँगीमा वनभोज कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा भुतपूर्व विद्यार्थी समाजका महासचिव मदनगोपाल सुब्बाले न्यौपानेलाई अध्यक्षको रुपमा प्रस्ताव गर्दा सहभागी सबैले समर्थन जनाएका थिए ।

कार्यक्रममा महेन्द्ररत्न माध्यमिक विद्यालयमा अध्ययन गरेका विभिन्न व्याचका विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । आगामी फागुन महिनामा बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ । त्यस निर्वाचनमा न्यौपानेलाई अध्यक्ष पदको संभावित उम्मेदवारको रुपमा लिइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्